• You are here :
  • Home
  • Single-item

Gulafsangako Prem

Rs. 335.00 350.00

२० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँग

Availability: In Stock

Qty:

२० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बिम्बात्मक कथाहरुको संकलन हो । प्रेम, समर्पण, मित्रता, तिक्तता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवनका भोगाइलगायत विषयवस्तुमाथि केन्द्रित कथाहरूमा मूलतः नारी मनका खुसी र पीडालाई मिहीन रूपले केलाइएको पाइन्छ भने पुरुष अहङ्कारको विकार तथा सङ्कीर्ण मनोवृत्तिको समेत स्वेच्छाले चित्तबुझ्दो ढङ्गले चिरफार गरेकी छन् । आफूले व्यतीत गरेको मातृभूमिको माटोदेखि अध्ययन तथा पेसागत कर्मको सिलसिलामा गुजार्दै गरेका उन्नत विदेशी मुलुकहरूको परिवेशसम्मलाई समेटेर स्वेच्छाले आफ्ना कथा–कल्पनालाई शब्द–शिल्पको धागोमा उनेकी छिन् । साहित्यमा सानैदेखि रूची राख्ने डा. संगीता स्वेच्छाको 'गुलाफसँगको प्रेम' भन्दा अघि 'पखालिएको सिउँदो' उपन्यास र 'असहमतिका पाइलाहरू' संयुक्त कथा सङ्ग्रह प्रकाशित छन् । स्वेच्छाको दोस्रो उपन्यास प्रकाशोन्मुख छ । विभिन्न पत्रिका, किताब तथा बेबसाइटमा स्वेच्छाका कथा, कविता तथा गजल प्रकाशित छन् । उहाँका कविता तथा कथाहरू एफ. एम. रेडियो, नेपाल तथा नेपाल टेलिभिजनका साहित्यिक कार्यक्रमहरूमा समेत प्रशारित छन् । बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण संचारमा विद्यावारिधि गर्नुभएकी स्वेच्छाले त्रिभूवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नाकोत्तर र अष्ट्रेलियाको होमस्ग्लेन इन्स्टिच्युटबाट सफ्टवेयर डेभलपमेन्टमा डिप्लोमा गर्नुभएको छ । स्वेच्छा 'नेपाल विद्याभूषण-२०१४' तथा 'महेन्द्र विद्याभूषण-२०००' बाट विभूषित हुनुहुन्छ ।

Product Details
Name Gulafsangako Prem
Author Name Dr. Sangita Swechcha
Publication Color Nepal
Pages 164
Edition 1st
IBSN 978-9937-0-5309-9
Released Year 2019 AD
Rate this product
1 Star 2 Star 3 Star 4 Star 5 Star
Value
Quality
Price
Write Your Review