Author: Niroj Kattel
Publisher: Bela Publication
Language: Nepali
Paperback
झापा विद्रोह ।
विसं २०२८ देखि २०३२ सम्म झापा जिल्लामा चलेको राजनीतिक आन्दोलनको नाम हो यो, जसले हिंसालाई माध्यम बनाएको थियो । झापा विद्रोह के थियो वा के थिएन ? यसबारे थुप्रै भाष्य छन्, दाबी छन्, कथन र प्रतिकथन छन् । के यो काँचो क्रान्तिकारी रोमाञ्चकता मात्रै थियो ? चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलनको ठाडोमा ठाडो नक्कल थियो ? आवेगी युवाहरूको फगत लहड थियो ?
यो किताब यी र यस्ता प्रश्नको जबाफ होइन ।
वास्तवमा यो त पात्र र दस्ताबेजसँगै लेखकले गरेको इतिहासको पैदल यात्रा हो । झापा विद्रोहका क्रममा विद्रोहीद्वारा मारिएका आठ जना व्यक्तिका परिवार, राज्यद्वारा मारिएका विद्रोहीका सन्तानदेखि यससँग सम्बन्धित विभिन्न पात्रसँग लेखकले भेटेका छन्, तिनका दुःख-विपद्लाई नजिकबाट छामेका छन्, तिनका बयान अभिलिखित गरेका छन् । विगतको पैदल यात्राका क्रममा लेखक पश्चिम बङ्गालका नक्सलबाडीलगायत गाउँहरूसम्म पुगेका छन् । अनि, ढुसी लागेका दस्ताबेजका ढड्डा पल्टाएर अतीतसँग संवाद गरेका छन्। लेखकको भेटघाट र अन्तर्वार्ताको सूची विद्रोहको नीति बनाउने अगुवादेखि हिंसात्मक कारबाहीमा प्रत्यक्ष संलग्न व्यक्तिहरूसम्म तन्किएको छ ।