Author: Dadi Sapkota
Publisher: Fine Print
Language: Nepali
Paperback
ISBN: 9789937665742
हामी धेरैलाई थाहा छ, मान्छेको स्वभाव, आनिबानी र रहनसहन । तर जीवजनावरहरूको आनिबानी र स्वभावबारे हामीमध्ये कमैलाई मात्र थाहा होला । यो सीमितता केही पूर्ति गर्ने जमर्को वनको वैभवमा गरिएको छ, जीवजनावरको जीवनशैलीबारे वैज्ञानिक तथ्यहरू प्रस्तुत गरेर पुस्तकमा जनावरका स्वभावलाई मात्र चित्रण गरिएको छैन, उनीहरूका मनदेखि यौनसम्मका रमाइला प्रसङ्गलाई रमाइलै पाराले प्रस्तुत गरिएको छ । पुस्तक पढिरहँदा पाठकलाई लाग्छ, ऊ कुनै जङ्गलमा गएर जीवजनावरहरूको स्वभाव र बानीव्यहोरा नजिकैबाट नियालिरहेको छ । कम बुद्धिमान् ठानिने जनावरबाट बुद्धिमान् ठानिने मानव जातिले धेरै कुरा सिक्न बाँकी रहेछ ।