Author : Mohan Timsina
Publisher: Self
Paperback
Language: Nepali
आज बिश्वस्तरमा जुन संकट देखा परेको छ, त्यो मुलत ज्ञानको संकट हो । चिन्तन र
मुल्यमान्यताकोसंकट हो । आजसम्म बिज्ञान र बिकासका नाममा जे जे गरियो, अधिकाँशतः
प्रकृति र मानव स्वभावको बिपरित गरियो। संकट समाधानका लागि हामीले प्रचलित चिन्तन
र मुल्यमान्यतामा नै फेरबदल गर्न आवश्यक छ । नयाँ बैकल्पिक दर्शन, बिचारधारा र
मुल्यमान्यता तर्फ ‘सिफ्ट’ हुन जरुरी छ । जैविक दर्शन यहि बिकल्प हो । जसले मानव
सभ्यतालाई उन्नत बनाउन फरक मार्गदर्शन गर्दछ ।
जैविक दर्शन एक अर्थमा पुरानो अवधारणाकै पुनर्जागरण हो । अर्को अर्थमा बिल्कुलै नौलो
अवधारणा पनि हो । पुरानो यस अर्थमा कि यसको जरा पुर्वीय तपस्चर्याको बिज्ञानसँग जोडिन्छ
। नौलो यस अर्थमा कि यो पुरापुर आधुनिक बिज्ञानको जगमा खडा भएको छ ।
बिज्ञान जगतमा जे भई ुरहेको छ, त्यो ‘बिकास’ होइन, ‘क्रान्ति’ हो । यो क्रान्ति प्रबिधिसँग
मात्र सम्बन्धीत छैन । यसले फरक खालको दर्शन वा चिन्तन प्रणालीको आधार तयार पारेको
छ । अर्थात बिज्ञानमा ‘प्याराडाईम सिफ्ट’ भएको छ । यो परिघटना भौतिकशास्त्र, जिवशास्त्र,
स्वास्थ्य बिज्ञान, मनोबिज्ञान, समाजशास्त्र, अर्थशास्त्र र राजनीति सम्म प्रकट भएको छ । तर
यो परिघटनाको दार्शनिक संस्लेषण चाहिँ आज सम्म भएको छैन । यहाँ यहि संस्लेषणको
प्रयास गरिएको छ ।
हजारौं बर्ष पहिले हिमालय पर्वत तपोभुमिको रुपमा बिश्वभर चिनिएको थियो । यि
परम्पराहरुमा जिवन र जगतबारे निरपेक्ष तह सम्मको चर्चा हुन्थ्यो । तपस्वीहरु जिवन र
जगतको ‘परम सत्य’ आफुहरुलाई जानकारी भएको दावी गर्दथे । तर ऋषीहरुका कुरा
बिज्ञानको तर्क र प्रयोगशालामा कहिँ कतै प्रमाणित हुँदैनथ्यो । उनिहरुले अपनाउने अनुसन्धान
पद्धति पनि बैयक्तिक अनुभव मात्र थियो । कहिँ कतै सामुहिक पुष्टी गराउने उपाय हुँदैनथियो
। त्यसैले, उतिबेलै देखी ऋषीहरुका बिचारको खण्डन भई रहेको थियो । लगभग तिनसय बर्ष
अघि देखी पाश्चात्य बिज्ञानले यस्ता बिचारको लगातार खण्डन गर्दै आयो । पाश्चात्य
बिज्ञानलाई नै सास्वत मान्ने शास्त्रीय चिन्तकहरुले ऋषीहरुका बिचारलाई आदर्शवादी,
रहस्यवादी वा इश्वरवादी संज्ञा दिई रहे ।
तर बिसौं शताव्दी यता पाश्चात्य बिज्ञान आफैंले आफ्ना पुराना मान्यता भत्काउन थाल्यो ।
आधुनिक बिज्ञानका एक पछि अर्को नविन आविश्कारले तिनै प्राचिन तपस्वीका बिचारलाई
सदर गर्न थाले । बैज्ञानिकहरु पनि आफुहरु ‘परम–सत्य’ को नजिक आएको दावि गर्न थाले ।
तव आधुनिक बिज्ञान र तपस्वी चेत बिच एकता कायम भयो । यहिँबाट जैविक दर्शन जन्मने
आधार तयार भयो ।
जैविक शव्द अंग्रेजी शव्द अर्गानिक (इचनबलष्अ) को नेपाली रुपान्तरण हो । प्रकृति र जिवनका
स्वभावलाई बुझ्ने सन्दर्भमा मानिसहरुमा आएको नयाँ चेतनालाई हिजोआज जैविक आन्दोलन
भन्ने गरिएको छ । जैविकताको अवधारणालेहरेक कुराहरुलाई त्यसको मौलिकता वा जिवन्तता
सहित स्वीकार गर्न जोड गर्दछ । जैविकताको यो धारणा केवल प्राबिधिक बिषय वा व्यवहारिक
जिवनसँग मात्र सम्बन्धीत छैन, बरु बिशुद्ध बिज्ञान र समग्र दार्शनिक प्रणालीसँग सम्बन्धीत
छ । यो तथ्यमा जोड गर्न यहाँ जैविक शव्द उपयोग गरिएको हो ।
पुस्तकमा जम्मा ६ ओटा खण्ड छन्। पहिलो खण्डमा विषयहरूको उठान गरिएको छ । दोश्रो
खण्डमा भौतिकवादको ऐतिहासिक पृष्ठभूमि, मूलभूत चिन्तन ढाँचा र विधागत विस्तारसम्मको
चर्चा गरिएको छ । बिधाहरुमा भौतिकशास्त्र, जिवशास्त्र, मनोबिज्ञान, समाजशास्त्र र
राजनीतिको चर्चा गरिएको छ । राजनीतिक बिधा अन्तरगत, उदारवाद, साम्यवाद, राष्ट्रवाद,
कल्याणवाद र प्रजातान्त्रिक समाजवादबारे चर्चा गरिएको छ ।
तेश्रो खण्डमा आधुनिक विज्ञानका विधाको वर्णन छ । यसमा पनि भौतिकशास्त्र, जिवशास्त्र,
मनोबिज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ ।
चौथो खण्डमा तपस्वी विज्ञानका विधाको वर्णन छ । यसमा पनि भौतिकशास्त्र, जिवशास्त्र,
मनोबिज्ञान, समाजशास्त्र र राजनीतिको चर्चा गरिएको छ
पाँचौं खण्डमा आधुनिक विज्ञान र तपस्वी विज्ञानको संश्लेषणका रूपमा ‘जैविक दर्शन’को
रूपरेखा वर्णन गरिएको छ । छैटा
ैं खण्डमा वर्तमान परिवेशको समीक्षा, विचारधाराहरूको
समीक्षा र भावी विकल्पका रूपमा ‘जैविक समाज’कोअवधारणा प्रस्तुत गरिएको छ ।