Author: Laxman Adhikari & Dr. Aruna Uprety
Publisher: Nepalaya
Paperback
Language: Nepali
अरुणा उप्रेती जनस्वास्थ्य विशेषज्ञ हुन् । युक्रेनबाट डाक्टर बनेकी उनले नेदरल्यान्ड्सबाट महिला विकासमा स्नातकोत्तर गरेकी छन् । महिला स्वास्थ्य शिविरमा सहभागी हुने क्रममा देशका प्रायः सबै जिल्ला पुगेकी उनले जताततै खानपिनमा आएको व्यापक फेरबदल देखेकी छन् । घरायसी खानेकुरा छाडेर नेपालीहरु बजारको लहैलहैमा फसेको र बालबालिकालाई पत्रु खाना खुवाउन थालेको देखेपछि उनले जनचेतनामूलक लेख लेख्न थालेकी हुन् । उप्रेतीले जनस्वास्थ्य विशेषज्ञका रूपमा भारत, श्रीलङ्का, लाओस, इरान र सुडानमा समेत काम गरेकी छन ।
लक्ष्मण अधिकारी स्वास्थ्य र वातावरणलगायत सामाजिक मुद्दामा केन्द्रित पत्रकारिता गर्छन् । पर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टेक्नोलजीमा स्नातकोत्तर गरेका उनी पत्रकारिता प्रशिक्षक पनि हुन् । स्वास्थ्य र वातावरणसम्बन्धी पुस्तक सम्पादनको अनुभव भएका उनले देशविदेशका विभिन्न प्रतिष्ठानबाट पत्रकारिता तालिम लिनुका साथै पुरस्कार पनि पाएका छन् ।