Author: B.P. Koirala
Publisher: Lipi Books
Paperback
Language: Nepali
ISBN: 9789937896078
अभिशापका लागि पनि म नै किन रोजिएँ? मेरी जेठी दिदि चार पुरुषकी एकैचोटी पत्नी भएर बसिन्। मेरी माहिली दिदीकै वृति पनि त रुपजीवी वृति थियो। मेरी साहिँली दिदि रानी पदमा आसीन हुन आफ्नो रुप र सरिरको ठाउँठाउँमा प्रयोग गर्दै गइन्। किन विधाताले सबभन्दा सानी बैनीलाई मात्र अभिशापको छाप लगाएर मानव समाजबाट बाहिर निष्कासित गर्यो।