Ek Jyan Dui Juni
0
0 Reviews 0 Orders 0 Wish listed
Rs.550.00 Rs.495.00 (Tax : )
Quantity:
Total price :
 

Author: Devendra Raj Panday
Publisher: Fine Print
Language: Nepali
Paperback 
ISBN:9789937746083

एक ज्यान दुई जुनी आत्मवृत्तान्त होइन, डा. देवेन्द्रराज पाण्डेको सार्वजनिक जीवनका अनुभूतिहरूको सार हो । अलिकति व्यक्तिगत, पारिवारिक जीवन भोगाइका अनुभूतिजन्य निजात्मकता अवश्य पनि यसमा घुसेका छन् । तर ती सबै त्यति बेलाको समय चिनाउने आँखीझ्याल हुन् । 
 
"काठमाडौं मानसिकता"सहित एउटा मध्यमवर्गीय परिवारमा हुर्केका, पढेका र २०१७ सालमा अधिकृतको जागिरबाट प्रवेश गरेर त्यसको १८ वर्षमै जनमतसङग्रहका बेला देशप्रतिको निष्ठाका कारण अर्थ मन्त्रालयको सचिवबाट राजीनामा दिएका पाण्डेले आफ्नो पहिलो जुनी त्यही ४० वर्षे उमेरलाई मानेका छन् । दरबार, पञ्चायत, त्यति बेलाको निजामती प्रशासनका भित्रीबाहिरी पाटा पाइने यो कालखण्डमा पञ्चायती सत्ता सञ्चालनका उज्यालाअँध्यारा पाटाका अनुभूति छन् । 

दोस्रो जुनीमा उनले काठमाडौं मानसिकताबाट बाहिर निस्केर नेपाली समाजसँग संवाद गर्दै निरन्तर प्रगतिशील भूमिकामा रहेको एक जना लोकतान्त्रिक समाजवादी, मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवाका रूपमा देखेभोगेको समाज र समयको चित्र उतारेका छन् । सहभागितामूलक, समावेशी र जनताप्रति उत्तरदायी गणतन्त्रात्मक व्यवस्थाका लागि सङ्घर्ष गरेका हाम्रो समयका जागरूक नागरिकका आशा, सपना र गणतन्त्रपछि नेतृत्वमा पुगेका नेताहरूको शासन शैलीका कारण निराश आम नेपालीको एउटा जीवन्त वैचारिक विवेचनाको दस्तावेज हो, यो पुस्तक । 

यो हाम्रो असफल विकास यात्राका कार्यकारण सम्बन्धहरूको विवेचना, सुशासनका सर्त, दाताहरूसँगका सम्बन्धका जटिलता, हाम्रो छिमेक सम्बन्धका केही आयाम र राजनीतिका अनेकवली पात्रहरूका सम्बन्धमा एउटा तटस्थ मूल्याङ्कनको दस्तावेज पनि हो । विकसित, लोकतान्त्रिक र सामाजिक न्यायसहितको नेपाली समाजको सपना देख्नेहरूका लागि यो प्रेरणादायी पुस्तक हो ।

0

0 Ratings
Excellent
0
Good
0
Average
0
Below Average
0
Poor
0
Book Review
Product review not available
Safe Payment
7 Days Return Policy
100% Authentic Books
Kitab Yatra
1
Reviews
1050
Products
More From The Store
10% Off
Bahurupi
Rs.555.00
Rs.499.50
10% Off
Shabda Sayarem
Rs.600.00
Rs.540.00
10% Off
Simanta Samjhana
Rs.745.00
Rs.670.50
10% Off
Sandaju
Rs.650.00
Rs.585.00
10% Off
Swasthye Khana Dirga Jiwan
Rs.300.00
Rs.270.00
Similar books
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.625.00
Rs.562.50
10% Off
Rs.375.00
Rs.337.50
10% Off
Rs.448.00
Rs.403.20
10% Off
Rs.388.00
Rs.349.20
10% Off
Rs.400.00
Rs.360.00
10% Off
Rs.780.00
Rs.702.00
10% Off
Rs.440.00
Rs.396.00
10% Off
Rs.498.00
Rs.448.20
10% Off
Rs.425.00
Rs.382.50
10% Off
Rs.595.00
Rs.535.50
10% Off
Rs.600.00
Rs.540.00
Top