Author: Khagendra Lamichhane
Publisher: Book Hill
Hardcover
Language: Nepali
ISBN: 9789937910101
कथा सबैका रोचक हुन्छन् तर कथा भन्ने शैली सबैका रोचक हुँदैनन् । आफ्ना कथालाई आफ्नै बान्कीमा भन्ने कथाकार हुन्खगेन्द्र लामिछाने | जीवन भोगाइ र आफ्ना पेरिफेरिका मसिना विषयलाई पात्रको मनोदशाअनुसार स्थानीय लवजमा भनिएका सातवटा कथाहरूको सङ्गालो हो- फूलानी ।
जीवनका सात अवस्थाहरू बालक, किशोर, यौवन, युवा, परिपक्व, सेवा निवृत्त र प्रौढ उमेरलाई इन्द्रेणीका सात रङले पोतेर उनले फूलानी-कथामाला बनाएका छन् । सरल भाषाशैलीमा लेखिएका यी कथाले पाठकलाई कथालोकमा सफल यात्रा गराउँछन् ।