Author: Lalbabu Pandit
Publisher: Nepalaya
Paperback
Language: Nepali
देशहितमा काम गर्न आँट्ने हो भने एउटा मन्त्रीले कति अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् लालबाबु पण्डित । सत्ता र शक्तिसामु नतमस्तक नहुने उनको सम्झौताहीन स्वभाव भने राजनीतिक सङ्घर्षले खारेको हो ।
पूर्वी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीवीको जीवन आफैंमा चाखलाग्दो छ । एमालेका लोकप्रिय नेता मदन भण्डारीसँगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र पारिवारिक जीवन पनि कथापूर्ण छ ।
राजनीतिक जीवन सत्ताको चरित्र बदल्ने सङ्घर्षको यात्रा हो भन्ने एउटा प्रमाण हो उनको यो आत्मकथा ।