Author: Madan Raj Tamrakar
Publisher: Self Publisher
“अतीतको झझल्को” लेखकको निजी जीवन–संघर्ष, पारिवारिक पीडा र सामाजिक यथार्थलाई
आत्मसंस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको कृति हो । अत्यन्तै सीमित आर्थिक अवस्थाबीच पनि सन्तानलाई
शिक्षित बनाउने अभिभावकीय संकल्प, मातृ–पितृ वियोग, रोग–व्याधि, उपचारका क्रममा भोगिएका कठिनाइ
तथा जीवनका आकस्मिक दुर्घटनाहरू यस कृतिका केन्द्रीय विषय हुन् ।
यसमा प्रशुतिगृहको ऐतिहासिक पृष्ठभूमि, नेपालको उत्तरी सीमासम्बन्धी तत्कालीन अवस्था, बैंकिङ सेवामा
कार्यरत रहँदा भोगिएको माओवादी चन्दा आतंकजस्ता समसामयिक सन्दर्भहरू समेटिएका छन् । व्यक्तिगत
अनुभूतिसँगै समकालीन सामाजिक–राजनीतिक यथार्थको संयोजनले कृतिलाई दस्तावेजी मूल्य प्रदान गरेको छ
।
“अतीतको झझल्को” स्मृति, अनुभूति र इतिहासको संगममार्फत नेपाली समाजको एक कालखण्डको यथार्थ
चित्रण गर्ने संवेदनशील संस्मरण कृति हो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books