Author: Binod Chaudhary
Publisher: Nepalaya
Language: Nepali
Paperback
ISBN: 9789937905831
'विनोद, मैले एपोलो स्टिलको सेयर गोल्छालाई दिने निर्णय गरें ।'
'सरकार, यस्तो कसरी गर्न सकिबक्सिन्छ ?' 'किन सक्दिनँ ?' अधिराजकुमारी प्रेक्षाले हकार्नुभयो ।
आवरण तस्बिर : किशोर कायस्थ
'यो उद्योगमा मेरो ५१ प्रतिशत सेयर छ, धीरेन्द्र सरकारले देखाइबक्सेको सदासयका कारण ४८ प्रतिशत सेयर दिएको हुँ, मौसुफ कसरी एकैचोटि जसलाई पायो त्यसलाई सामेल गराउन सकिबक्सिन्छ ?'
'ह्वाट !' उहाँले झोक्किदै भन्नुभयो, 'सो यु आर गोइङ टु डिसओबे माई अर्डर ?'
'म चाहेर पनि मौसुफको आदेश पालना गर्न सक्दिनँ सरकार ।'
'ह्वाट डु यु मिन ?' 'मैले यो उद्योग चलाउन बैंकबाट ऋण लिएको छु । बैंकले मेरै नाममा ऋण दिएको छ ।'
'सो ह्वाट !' उहाँले अनुहार रातो पार्नुभयो । बुवा तर्सिनुभएछ । हात समातेर मलाई रोक्न खोज्नुभयो । म रोकिइनँ ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books