Author: Dr. Chandra Giri
Publisher : Book Hill
Language : NEPALI
Paperback
Novels Nepali
गन्तव्य थाहा छ तर बाटोको टुङ्गो छैन । बाँचिन्छ कि मरिन्छ, ठेगान छैन । तैपनि एउटा झोला बोकेर घरपरिवार, साथीभाइ, गाउँ र देश छोडेर सपना र यथार्थको सङ्घर्षबीच अल्झिएको एउटा यात्रा हो— डङ्की : सपनाको कालबाटो । ड्यारियन ग्यापको जङ्गल, मरुभूमिको उखरमाउलो राप, ग्यास. स्टेसनको गोली, ट्रान्जिटको गल्ती अथवा सीमाको पर्खाल हरेक दृश्य भोगाइका गहिरा साक्षी हुन् । पासपोर्टविनाको भारी आत्म-पहिचान बोकेर हिंडेको एक पतिको कथा, एक आमाको मौन प्रतीक्षा अनि छोरीको आँखामा बाँचेको बुबाको सम्झना हो । यो उपन्यास केवल एक नेपाली प्रवासीको कथा होइन, यो त हजारौँ अनुहारहरूको साझा पीडा, विस्थापनको आँधीमा उभिएको साहस र मायाले जोगाइराखेको मानवीयताको दस्तावेज हो । सबै सपना त पूरा होलान् नहोलान् तर त्यसको लहरो समातेर गरिएको यात्रा कहिल्यै व्यर्थ हुँदैन, जहाँ देशको सीमाभन्दा अग्लो हुन्छ, एक व्यक्तिको कथा - डङ्की : सपनाको कालबाटो ।
Safe Payment
7 Days Return Policy
100% Authentic Books