Author Shyam Singhak
Edition Language Nepali
Publication Phoenix Books
श्याम सिंघक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजको
ग्रामीण जीवन, समाजका विद्रूप पक्षहरू, वर्गसंघर्ष अनि आम मानिसका पीडा र आशाहरूलाई यसअघिका “दलिता” र “रेमिट्ल्यान्ड’ उपन्यासमार्फत् प्रस्तुत गरिसकेका सिंघकको तेस्रो आख्यानकृति हो- “कोइलाखाद” ।
एक नेपाली युवा जो, लाहुर जाने सबै प्रक्रियाहरू समाप्त भइसकेपछि कोइलाखाद जान बाध्य हुन्छ, र आर्थिक जीवन समृद्ध बनाउने सपनासहित कोइलाखानी पुगेका अन्य नेपालीहरूसित समाहित हुन्छ । “कोइलाखाद” उही युवाको माध्यमबाट भनिएको कथा हो, र एक ऐतिहासिक कालखण्डमा नेपाली युवाहरूले आर्थिक उपार्जनका लागि गरेको वैदेशिक दुःख, प्रेम र प्राप्तिको अदभूत आख्यान हो ।
भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरूका भिन्नता र द्वन्द्वहरूलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सांस्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ । जुनसुकै समाज पनि परम्परागत मूल्य र मानिसका अन्तरसंघर्षहरूद्वारा संकुचित भइरहेको हुन्छ, र ती संकुचनहरूबाट मुक्ति प्राप्त गर्नका लागि प्रेम नै सबैभन्दा ठूलो शक्ति हो, भन्ने चिन्तन प्रस्तुत गर्दै सरल तर बिम्बयुक्त लेखनसहित पात्रहरूलाई जीवन्त बनाइएको “कोइलाखाद” उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो
Safe Payment
7 Days Return Policy
100% Authentic Books