Author: Bhuwan Dhungana
Publisher: Nepalaya
Paperback
Language: Nepali
भुवन कोइरालाका नामले सुरुमा साहित्यिक जगतमा परिचित भुवन ढुङ्गानाको जन्म विराटनगरमा भएको हो । बाल्यकालको शिक्षादीक्षा बनारसमा पाएकी उनले विश्वभारती विश्वविद्यालय, शान्ति निकेतनबाट नृत्य र बङ्गाली भाषामा स्नातक र त्रिविबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । पञ्चायतकालमा 'सिउँडी' साहित्यिक त्रैमासिकको सम्पादनसमेत गरेकी उनको युद्धको घोषणा गर्नुभन्दा अघि र 'धर्मविम्ब' कथासङ्ग्रह प्रकाशित छन् । बीपी कोइराला साहित्य सम्मानलगायत थुप्रै पुरस्कारप्राप्त उनको यो पहिलो उपन्यास हो ।